१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तानसेनमा बजारमा मगन्तेको मृत्यु


325
Shares

पाल्पा । जिल्लाको सदरमुकाम तानसेनमा बेहोस अवस्थामा फेला परेका एक मगन्तेको मृत्यु भएको छ ।

बसपार्कमा बेहोस अवस्थामा फेला परेका अर्घाखाँची छत्रदेव गाउँपालिका–४ का ५२ वर्षीय गणेश परियारको मृत्यु भएको हो ।

शनिबार विहान बसपार्कस्थित भित्तामा आड लगाइ घोप्टो परेर बसिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उद्धार गरी अस्पताल जिल्ला अस्पताल पठाइएलगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले जानकारी दिनुभयो ।

मृतक परियार विगत लामो समयदेखि तानसेन बजारमा मागी खाँदै हिडेको बताइएको छ ।