
एजेन्सी । बेइजिङ ओलम्पिकको पहिलो स्वर्ण नर्वेले जितेको छ ।
महिलातर्फ ७.५ किमी क्रसकन्ट्री स्किइङमा थेरिज जोहगले नर्वेलाई स्वर्ण दिलाएकी हुन् । उनले ४४ मिनेट १३ सेकेन्डमा उक्त दौड पूरा गरेकी हुन् ।
रुसकी नातालिया नेप्रेभाले प्रतिस्पर्धामा रजत पदक जितिन् भने अष्ट्रियाकी तेरेसा स्टाडलोभरले काँस्य पदक जितिन् ।
३ हजार मिटरको स्पिड स्केटिङ प्रतिस्पर्धातर्फ स्कोटिन एरिनले नेदरल्यान्डलाई पनि स्वर्ण जिताइन् ।
नेदरल्यान्ड दुई स्वर्णसहित तालिकाको शीर्ष स्थानमा रहँदा नर्वे एक स्वर्णसहित पदक तालिकाको दोस्रो स्थनामा छ ।
पदक तालिकाको तेस्रो स्थानमा रुस, चौथोमा फ्रान्स रहेको र पाँचौमा इटाली छ ।
प्रतिक्रिया दिनुहोस्