
काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
युएईको अबुधाबीमा बुधबार राति भएको सेमिफाइनल खेलमा साउदी अरबियाको अल हिलाल फुटबल क्लबलाई १–० ले हराउँदै चेल्सी फाइनलमा पुगेको हो ।
खेलमा चेल्सीलाई विजयी गराउन रोमेलु लुकाकुले निर्णायक गोल गरे ।
चेल्सीले अब फाइनलमा ब्राजिलको पाल्मेराससँग खेल्नेछ ।
फिफा क्लब विश्वकप फुटबलमा विभिन्न महादेशका च्याम्पियनहरुले प्रतिस्पर्धा गर्ने गरेका छन् । यस पटक पनि फाइनल खेलमा युरोप र दक्षिण अमेरिकी च्याम्पियन भिड्ने भएका हुन् ।
रुसी धनाढ्य रोमन अब्रामोभिचले १९ वर्ष अघि चेल्सीको स्वामित्व खरिद गरेयता क्लबले जित्न बाँकी रहेको एउटा मात्रै प्रतियोगिता क्लब विश्वकप हो ।
प्रतिक्रिया दिनुहोस्