
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–० ले हराएको छ ।
बुधबार राति आफ्नै मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन रियाद माहारेज र केभिन डे ब्रायनले एक एक गोल गरे ।
जितसँगै सिटीले तालिकामा दोस्रो स्थानको लिभरपुलसँग १२ अंकको अग्रता लिएको छ । लिगमा २४ खेलबाट सिटीको ६० अंक छ भने २२ खेलबाट लिभरपुलको ४८ अंक छ ।
बुधबार राति नै भएको अर्को खेलमा साउथह्याम्पटनले टोटनह्याम हट्सपरलाई ३–२ ले हरायो । खेलमा दुई पटक पछि परेर पनि साउथह्याम्पटनलाई विजयी गराउन चे एडम्सले ८२ औं मिनेटमा निर्णायक गोल गरे ।
प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्ला र लिड्स युनाइटेडले ३–३ गालको बराबरी खेल्दा नरिच सिटीले क्रिष्टल प्यालेससँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्यो ।
प्रतिक्रिया दिनुहोस्