२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


प्रहरीमा ३ एआइजी थप्ने निर्णय स्वीकृत


1.547k
Shares

काठमाडौं । नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गरिएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

गत पुस २३ गते दरबन्दी थप सम्बन्धि प्रस्ताव प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाएको थियो ।

प्रहरीमा हाल प्रशासनतर्फ एआईजीका पाँच वटा दरबन्दी छन् । महानगरीय प्रहरी कार्यालय, अपराध अनुसन्धान विभाग, मानव स्रोत एवं प्रशासन विभाग, कार्य विभाग र नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआईजीको दरबन्दी रहेको छ । दरबन्दी थपिएसँगै नेपाल प्रहरीमा प्रशासनतर्फ एआईजीका दरबन्दी ८ पुगेको छ ।

दरबन्दी थपसँगै प्रहरी प्रधान कार्यालयले बढुवा प्रक्रिया पनि अघि बढाएको छ । थपिएका पदमा बढुवाका लागि दुई वटा ब्याचका प्रहरी डिआईजीहरु प्रतिस्पर्धामा छन् ।