१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


भारतमा कोरोना संक्रमित घटे, २४ घण्टामा ५८ हजार नयाँ संक्रमित, ६५७ जनाको मृत्यु


39
Shares

काठमाडौं । भारतमा अहिले कोरोनाको तेस्रो लहरको गति घट्दै गएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा ५८ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो बिहीबारको तुलनामा १३.४ प्रतिशत कम हो । बिहीबार ६७ हजार ८४ जना र बुधबार ७१ हजार ३ सय ६५ जना नयाँ संक्रमित थपिएका थिए । हालसम्म ४ करोड २५ लाख ३६ हजार १ सय ३७ जना संक्रमित भएका छन् ।

बिहीबारको तुलनामा शुक्रबार मृत्यु हुनेको संख्या पनि घटेको छ । बिहीबार एक हजार २ सय ४१ जनाको संक्रमणका कारण मृत्यु भएको थियो भने शुक्रबार यो संख्या ६ सय ५७ पुगेको छ । हालसम्म भारतमा मृत्यु हुनेको संख्या ५ लाख ७ हजार १ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ५० हजार ४ सय ७ जना संक्रमित निको भएका छन् भने हालसम्म भारतमा कोभिडबाट निको हुनेको संख्या ४ करोड १३ लाख ३१ हजार १ सय ५८ जना पुगेको छ ।

हाल भारतमा ६ लाख ९७ हजार ८ सय २ जना सक्रिय संक्रमित उपचार गराइरहेका छन् । भारतमा १ अरब ७१ करोड ७९ लाख ५१ हजार ४ सय ३२ जनाले खोप लगाइएका छन् ।