
काठमाडौं, असार १ । १३औं ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्ध विश्व चेतना दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सो अवसरमा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले राष्ट्रसंघीय महासन्धि पारित नभएसम्म ज्येष्ठ नागरिकहरु आफ्नो अधिकारबाट बन्चित भइरहने बताए ।
ज्येष्ठ नागरिकहरुको खानपिन, आवास, आम्दानी, सामाजिक सुरक्षा, गुणस्तरीय स्वास्थ्य सेवा र सूचनामा पहुँचमाथिको अधिकारको सम्बोधन हुनुपर्नेमा सहभागीहरुको जोड थियो ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले ज्येष्ठ नागरिक ऐन २०६३ माथि दिएका सुझावहरुको आधारमा नेपाल सरकारले तत्काल ऐन संशोधन गर्नुपर्नेमा पनि जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस्