
काठमाडौं । सत्ता–साझेदार दलका तीन शीर्ष नेता शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच आज बालुवाटारमा छलफल हुँदैछ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ ।
अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ । तर, यसबारे सत्तारुढ गठबन्धनमा नै मतभेद रहेको छ । कांग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी संशोधनसहित एमसीसी पारित गर्नुपर्ने बताउँदै आइरहेको छ ।
आगामी प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी टेबल गर्ने तयारी गरिरहेको र यसैका लागि गठबन्धनमा सहमति खोजिरहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्