
काठमाडौं । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत युएईले नेपाललाई १ सय ९३ रनको लक्ष्य दिएको छ ।
ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोडेको हो ।
युएईका लागि चिराज सुरीले अविजित ८४ रनको योगदान गरे । रोहन मुस्तफाले ४९, मोहम्मद वसिमले २२, बसिल हमिसले १७ तथा मोहमम्द बुटाले अविजित १४ रन जोडे ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने, शाहब आलम र आरिफ शेखले एक–एक विकेट हात पारे ।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
यसअघि शुक्रबार भएको सिरिजको पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्