
web pic
बर्दिया । बाँसगढीमा ट्याक्टर पल्टिँदा एक बालकको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।
जिल्लाको ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पुर्याएर फर्कने क्रममा भे २ त १३१६ नम्बरको ट्याक्टर शनिबार दिउँसो १२ बजेतिर बाँसगढी, मगरपुर, वेलौली र बठुवा जाने चोकमा पल्टिँएर दुर्घटना भएको हो ।
उक्त चाेककाे अहिलेसम्म नामाकरण गरिएकाे छैन ।
दुर्घटनामा गम्भीर घाइते ठाकुरबाबा–७ का १५ वर्षीय सुमन थारुको उपचारको क्रममा कौशिल्या मेमोरियल अस्पताल बाँसगढीमा मृत्य भएको हो ।
दुर्घटनामा घाइते १६ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र एक जनाको कौशिल्या अस्पताल बाँसगढीमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्