
काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सीले पहिलो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।
युएईमा गएराति भएको फाइनल खेलमा ब्राजिलियन क्लब पाल्मेरासलाई अतिरिक्त समयमा २–१ ले हराउँदै चेल्सी विजयी भएको हो ।
खेलको ५५ औं मिनेटमा चेल्सीका रोमेलु लुकाकुले एक गोल गर्दै टोलीलाई अग्रता दिए । तर, ६४ औं मिनेटमा पाल्मेरासका केभलकान्ते भिएगाले पेनाल्टीमार्फत बराबरी गोल गरे ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा चेल्सीले बाजी मार्यो । ११७ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए ।
जितसँगै चेल्सीले व्यवसायीक क्लब फुटबलका सबै औपचारिक प्रतियोगिता जितेको छ ।
प्रतिक्रिया दिनुहोस्