
फाइल तस्बिर
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ ।
सत्तारुढ गठबन्धनका सांसदहरुले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन । महाअभियोग प्रस्ताव दर्ता गराउनेहरुमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदहरु रहेका छन् ।
सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
महाभियोग प्रस्तावमा ३ जना प्रस्तावक र ९५ जना समर्थक रहेको हस्ताक्षर रहेको संसद सचिवालयजे जनाएको छ । महाअभियोग दर्तासंग प्रधानन्यायाधीश राणा स्वतः निलम्वनमा पर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्