१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हत्या आशंकामा डडेल्धुराबाट तीन जना पक्राउ


104
Shares

काठमाडौं । हत्याको आशंकामा डडेल्धुराबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

हिजो डडेल्धुराको आलिताल गाउँपालिका–४ को सडकमा बेहोस अवस्थामा फेला परेका ४० वर्षीय बसन्त सिजापतिको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटीको पूर्वीचौकी गाउँपालिका–४ का आषिश बराल, डोटीकै दिपायल सिलगढी नगरपालिका–६ का पूजन सोप र पर्शुराम नगरपालिका–१२ डडेल्धुराका तेज बहादुर विक रहेका छन् ।

सिजापतीको कुटपिटका कारण मृत्यु भएको र कुटपिटमा उनीहरूको संलग्नता हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।