
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभर तीन दिन प्रजातन्त्र दिवस मनाउने भएको छ ।
मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा हेटौंडामा बसेको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले मुख्यमन्त्री पाण्डेको सभाध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ ।
समितिमा मन्त्री, मन्त्रालयका सचिव, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा सञ्चारकर्मीलाई समेटिएको छ ।
बागमती प्रदेश सरकारले ६ गते सार्वजनिक स्थल सरसफाइ, ७ गते साइकल ¥याली र सभा तथा ८ गते नेपालको राष्ट्रिय झण्डोत्तोलन गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ ।
तीन दिननै साँझ दीपावली गरिने कार्यक्रम समेत राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्