
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा २२ हजार बाख्राका लागि निःशुल्क पिपिआर विरुद्वको खोप लगाइने भएको छ ।
नगरपालिकाका ११ वटै वडामा सुरु भएको अभियान फागुन २२ गतेसम्म सञ्चालन हुने गल्याङ नगरपालिकाले जनाएको छ ।
बाख्रामा लाग्न सक्ने पिपिआर रोग महामारीको रुपमा फैलन सक्ने भन्दै नगरपालिकाले पहिले नै खोपको व्यवस्थापन गरेको गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो ।
गल्याङ नगरपालिकामा रहेका सबै करिब २२ हजार बाख्रालाई खोपको व्यवस्था गरिने बताइएको छ । साथै उत्पादनका आधारमा बाख्राको मासुमा पनि अनुदानको व्यवस्था गर्न लागिएको जनाइएको छ ।
गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले नगरपालिका भित्रका एउटा पनि बाख्रा नछुटुन भन्ने हिसाबले निःशुल्क खोपको व्यवस्थापन सबै वडा मार्फत गरिएको जानकारी दिनुभयो ।
नेपालमा २०५०/५१ मा पहिलो पटक पिपिआर रोग देखा परेको र त्यसपछि महामारीको रुपमा देखिएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्