
काठमाडौं । एमसीसीको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलले आयोजना गरेको नेपाल बन्दको पोखरामा न्युन प्रभाव परेको छ ।
पोखरामा सार्वजनिक यातायातका साधनहरू कम मात्रामा चलेका छन् भने निजी सवारी साधनहरु पनि अन्य दिनको तुलनामा कमै चलेका छन् ।
पोखराका मुख्य बजार क्षेत्र आज बन्द रहेका छन् । मुख्य मुख्य चोकहरूमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । गण्डकीमा आज प्रदेश सरकारले आज प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा समेत दिएको छ ।
यता, रूपन्देहीमा पनि बिहानैदेखि बन्दको प्रभाव परेको छ । मुख्य राजमार्गहरु बिहानैदेखि सुनसान छन् ।
बन्दका कारण सिद्धार्थ तथा पुर्व–पश्चिमा राजमार्ग ठप्प प्राय देखिएका छन् । शैक्षिक संस्था, बजार तथा पसलहरु बन्द छन् ।
बुटवलमा बन्द गराउँदै हिँडेका ९ जना बन्दकर्तालाई प्रहरीले बसपार्कबाट पक्राउ गरेको छ । मोर्चामा सहभागि नेता–कार्यकर्ता पक्राउ परेको बिप्लव नेतृत्वको नेकपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्