
बाँके । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ ।
आज बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले बाँकेको कोहलपुरमा गाडी तोडफोड गरेका हुन् ।
बन्दकर्ताले बाँकेको बैजनाथ गाउँपालिकामा ढुंगा प्रहार गर्दा सुदूरपश्चिम प्रदेश-००१ झ ४०१ नम्बरको गाडीको सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख हिमालय साहले जानकारी दिनुभयो । काठमाडौंबाट सुदूरपश्चिम प्रदेश आउदैँ गरेको गाडीलाई कोहलपुरमा बिहान ढुंगा प्रहार गरिएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग सहित विप्लवको नेकपा,सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, मोहन बैद्य किरणको क्रान्तिकारी माओवादी, ऋषि कट्टेलको नेकपा र माओवादी केन्द्र समाजवादीले संयुक्तरुपमा नेपाल बन्दको आव्हान गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्