
web pic
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् ।
अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको से ५ प ३९४२ नम्बरको मोटरसाइकल अनियन्त्रण भएर पल्टिँदा कैलालीकै गोदावारी नगरपालिका–५ का ३१ बर्षीय दल बहादुर भट्टराईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलाली ६ का ३३ बर्षीय यज्ञराज नौलालको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी कैलालीगाँउले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्