
काठमाडौं । मुस्ताङमा सम्पन्न स्की खेलको चौथो संस्करणको ‘राष्ट्रिय स्की च्याम्पियनसिप’ सम्पन्न हुँदा नेपालमा पनि स्की खेलको सम्भावना रहेको पुष्टि भएको छ ।
सहासिक खेलको रूपमा हेरिने यो खेल नेपालमा पनि सम्भव छ भन्ने उदाहरण मुस्ताङमा सम्पन्न चौथो स्की च्याम्पियनसिपले प्रस्ट पारेको छ ।
स्थल मार्गको पहुँच र बसोबासका लागि उपयुक्त मुस्ताङमा हिउँको अवस्था राम्रो भएका कारण च्याम्पियनसिप आयोजना गर्न सफल भएको नेपाल स्की संघका महासचिव विजयी श्रेष्ठले बताए ।
च्याम्पियनसिपमा विभिन्न विधामा सिनियर र जुनियर गरी ३१ जनाले सहभागिता जनाए । जसमा अल्पाईन स्की पुरुषतर्फ काठमाडौंका साहसराम श्रेष्ठ च्याम्पियन बने । धनगढीका दिनेशकुमार बोहरा दोश्रो र सोलुखम्बुका छिरिङ तेन्जिन गुरुङ तेश्रो भए ।
यस्तै अल्पाईन स्की महिलातर्फ नुवाकोटकी संगिता लामा पहिलो बन्दा ललितपुरकी देबोटा तिमाल्सिना र धनकुटाकी लक्ष्मी राई क्रमश दोस्रो र तेश्रो भए । अघिल्लो वर्ष कोरोनाका कारण स्की च्याम्पियनसिप आयोजना गर्न कठिनाई भएको थियो ।
प्रतियोगितामा सहभागि भएका खेलाडी मध्येका सदा श्रेष्ठले हिउ पर्ने स्थान मध्येको मुस्ताङ क्षेत्रमा स्लोप बनाउनका लागि सजिलो हुने भएकाले उचित प्रशिक्षण हुँदा स्की खेलले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्