४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


प्रधानमन्त्री देउवा आफ्नै पार्टीका केही मन्त्री र नेताहरुसँग आन्तरिक परामर्शमा


3.185k
Shares

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र कांग्रेसकै नेताहरुसँग आन्तरिक परामर्श थाल्नुभएको छ ।

सत्ता गठबन्धनका नेताहरुसँग एमसीसीबारे गरेको छलफलमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले त्यसलगत्तै गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन मन्त्री दिलेन्द्र बडु र कांग्रेसकी सचेतक पुष्पा भुसाललगायतलाई बालुवाटार बोलाएर परामर्श थाल्नुभएको हो ।

यसअघि सत्ता गठबन्धनका शीर्ष नेताको छलफल बिना निष्कर्ष सकिएको थियो ।