
काठमाडौं । ‘निर्वाचनमा सबै सधैं सँगै’ भन्ने मूल नाराका साथ आज छैटौं निर्वाचन दिवस मनाइँदैछ ।
वि.सं. २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै निर्वाचन आयोगले वि.सं. २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो ।
सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबारका दिन एकै चरणमा हुने गरी घोषणा भइसकेको छ ।
यस वर्षको निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउन लागिएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदातालाई शुभकामना दिँदै आगामी स्थानीय तह निर्वाचनमा स्वतः स्फूर्त सक्रिय एवं उत्साहजनक रूपमा सहभागी हुन आह्वान गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको शुभकामना सन्देश :


प्रतिक्रिया दिनुहोस्