
web pic
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–८ बैजनाथपुरमा शनिबार बिहान पौने २ बजे मोटरसाइकलको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ ।
चपुरबाट गौरतर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प ६४३५ नम्बरको मोटरसाइकलको ठक्करबाट अन्दाजी २८ बर्षीय पुरुषको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका पुरुषलाई उपचारको लागि चपुर स्थित चन्द्रपुर प्रा.लि. अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्