२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025


जीतपुरसिमरा गोल्ड कप चैत दोस्रो साताबाट, सबै खेल फ्लड लाइटमा


65
Shares

बारा । जीतपुरसिमरा गोल्ड कपको १२औं संस्करण चैत दोस्रो सातादेखि हुने भएको छ ।

आयोजक नव जनजागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत १० देखि १९ गतेसम्म सिमरा रंगशालामा हुने जानकारी दिएको हो ।

सबै खेल फ्लड लाइटमा खेलाइने प्रतियोगितामा ६ वटा ‘ए’ डिभिजन क्लब, आयोजक र मोफसलका तीन गरी १० टिम सहभागी हुने क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले दश तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल सहित विभिन्न विधामा उत्कृष्ट प्रदर्शन खेलाडीलाई जनही २० हजारका दरले पुरस्कृत आयोजकले जनाएको छ ।