
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बिहान १० बजे बस्दैछ ।
यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने बताईएको छ ।
नेकपा एकिकृत समाजवादीको शनिबार बसेको बैठकले संसदमा एमसीसी टेबल गर्न दिने निर्णय गरेपछि सत्ता गठबन्धन तत्कालको लागि जोगिएको छ । तर, आफुहरुले उठाएका विषयमा परिमार्जन नगरेसम्म एमसीसीको पक्षमा मत हाल्न भने नसक्ने एकिकृत समाजवादीको अडान यथावत छ ।
सत्ता साझेदारहरुबीच साझा धारणा बनाउने प्रयासमा यसअघि पटक–पटक बसेका बैठक निष्कर्षविहीन हुँदै आएको थियो ।
अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ । त्यसैले सरकार दबावमा छ । तर, सत्ता साझेदार दलहरू एमसीसीको विषयमा विभाजित भएकाले साझा धारणा बन्ने सम्भावना कम छ ।
प्रतिक्रिया दिनुहोस्