१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते


104
Shares

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ कमानेमा आज आइतबार बिहान सवा १ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

कमानेबाट क्याम्पडाँडातर्फ आउँदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय बिक्रम वाईबाको मृत्यु भएको वडा प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

अर्का घाइते भएका मोटरसाइकलमा पछाडी सवार ३१ वर्षीय रमेश बलको सोही अस्पतालमा उपचार भइरहेको छ ।