
एजेन्सी । भारतको मध्य प्रदेशस्थित छिन्दवाडाका हेमन्त सुर्यवंशीले हातमा डिजिटल कारोबारको बारकोड लिएर भिख मागिरहेका छन् ।
भिख माग्दा मानिसहरुले खुद्रा रकम नभएको भनेपछि आफूले बारकोड र क्यूआर कोडको प्रयोग गर्न थालेको उनको तर्क छ ।
‘जब म भिख माग्छु मानिसहरू खुद्रा पैसा छैन भन्ने बहाना बनाउँछन्,’ उनी भन्छन्, ‘अब म उनीहरूसँग ‘फोन पे’ र ‘गुगल पे’मार्फत् पैसा पठाइदिन आग्रह गर्छु ।’
सूर्यवंशीले डिजिटल तरिकाबाट भिग माग्दै आफ्नो दैनिक गुजारा चलाउँदै आएका छन् । डिजिटल प्रविधिको प्रयोग गरेर भिख माग्दा मासिसहरूले सजिलै दिने गरेको उनी बताउँछन् ।
उनी खुसी हुँदै भन्छन्, ‘यसरी माग्दा ५ रुपैयाँभन्दा बढी रकम पाउने गरेको छु ।’
यसअघि नगरपालिका परिषद्का जागिरे सूर्यवंशीले त्यहाँबाट निकालिएपछि भिख माग्न सुरु गरेका थिए । हातमा मोबाइल फोन र क्यूआर कोड लिएर घुमिरहेका उनको भिख माग्ने तरिका सामाजिक सञ्जालमा चर्चाकाे विषय बनेकाे छ ।
प्रतिक्रिया दिनुहोस्