१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोर्चुगलमा दूतावास स्थापनाको माग पानी बाँडेर प्रदर्शन


156
Shares

काठमाडौं । पोर्चुगलमा नेपाली दूतावास स्थापनाको माग गर्दै प्रर्दशन भएको छ ।

पोर्चुगलमा रहेका नेपालीहरूको समूह ‘नेपाली दूतावास अभियान समूह’ ले पोर्चुगल लिस्वानको अलमेदा पार्कमा पानी बाँड्दै विरोधको फरक शैली अपनाएको हो ।

अभियानका अगुवा गंगाबहादुर नेम्कुलले नेपालीलाई समस्या पर्दा गुहार गर्ने ठाँउसम्म नभएको कारण दूतावास स्थापनाको माग गर्दै प्रर्दशन गरिएको बताउनुभयो ।

पोर्चुगलमा झण्डै ४० हजार हाराहारीमा नेपाली रोजगारीको शिलशिलामा बसोबास गर्दै आएका छन् ।