२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


नेपाली बजारमा सुनको मूल्य १५ महिनायताकै महँगो


1.287k
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो १५ महिनायताकै महंगो भएकोछ ।

मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको हो । यो मूल्य गत वर्ष कात्तिक २४ गते पछिको सबैभन्दा उच्च रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको खरिद बिक्री मूल्य भने ९६ हजार पाँच सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला १३ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएकोथियो ।

२४ कात्तिक २०७७ मा सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएकोथियो ।