१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरण बिहीबारदेखि हुने, १४ गते समापन


39
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणका खेलहरू आगामी बिहीबारदेखि हुने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार अन्तिम चरणका खेल तालिका सार्वजनिक गरेको हो । बिहीबार अन्तिम चरणका दुई खेल हुनेछन् ।

एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबले भिड्दा सोही समय दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन् ।

लिगको अन्तिम खेल फागुन १४ गते दिउँसो साढे ४ बजे लिग विजेता मच्छिन्द्र र एपीएफबीच दशरथ रंगशालामा हुनेछन् ।

मच्छिन्द्रले १२ खेलबाट ३२ अंक जोड्दै लिग जितिसकेको छ भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब घटुवा भएर ‘बी’ डिभिजन लिगमा पुगेका छन् ।