१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट


78
Shares

पोखरा । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट सुरु हुने भएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन २६ बाट सुरु हुने गरि अधिवेशनको आव्हान गर्नुभएको हो ।

फागुन ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २६ गतेका लागि प्रदेश सभाको बैठक आहन गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी जितेन्द्रजङ्ग केसीले फागुन २६ बाट अधिवेशन सुरु हुने गरि प्रदेश प्रमुखको कार्यालयबाट पत्र प्राप्त भएको जानकारी दिनुभयो । गण्डकीमा असोज ५ गते बजेट अधिवेशन अत्य भएको थियो ।