१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘ए’ डिभिजन लिगमा पुलिस र एपीएफले बराबरी खेले


104
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको विभागीय डर्बी भिडन्त १–१ गोलको बराबरीमा सकिएको हो । रोमान्चक बनेको खेलमा सुरुआती अग्रता भने पुलिसले बनाएको थियो ।

तर, पुलिसले अग्रता जोगाउन सकेन । पुलिसका सुमन लामाले एक गोल गरे । एपीएफका प्रदिप लामाले बराबरी गोल फर्काए ।
बराबरीसँगै पुलिसले १२ खेलमा १२ अंक जोडेको छ । एपीएफले १२ खेलमा १५ अंक जोडेको छ ।