१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु


156
Shares

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट मंगलबार राति एक महिलाको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–४ की ४१ वर्षीया लिली थारुको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर थारुले जानकारी दिनुभयो ।

मंगलबार साँझ आफूले पालेका बंगुरलाई दाना दिन गएकी सैनवार गाउँकी लिलीलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट गम्भीर घाइते भएकी लिलीलाई उपचारका भुरीगाउँ लगिएको थियो ।

राष्ट्रिय निकुञ्जको नजिक रहेका बस्तीका बासिन्दाहरु पटक–पटक बाघको आक्रमणमा पर्ने गरेका छन् । यस वर्ष मात्रै बर्दियामा बाघको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ ।