१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाउरा चिर्ने विषयमा विवादपछि बञ्चरो प्रहार गरी श्रीमतीको हत्या


1.352k
Shares

काठमाडौं । सिन्धुपाल्चोकमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

२८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा बलेफी गाउँपालिका–१ ठाटिकुना बनकालीका ३२ वर्षीय जीवन तामाङ पक्राउ परेका हुन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

दाउरा चिर्ने विषयमा विवाद हुँदा जीवनले आफ्नै श्रीमतीलाई बञ्चरो प्रहार गरेको ईलाका प्रहरी कार्यालय जलबिरेले जनाएको छ । बञ्चरो प्रहारबाट गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।