६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रदेश–२ मा २९ अर्ब ७८ करोडको बजेट सार्वजनिक


0
Shares

जनकपुर, असार १ । प्रदेश नम्बर–२ ले सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले शुक्रबारको प्रदेशसभा बैठकमा प्रस्तुत् गरेको बजेटमा पुँजीगततर्फ १५ अर्ब ३१ करोड १३ लाख २५ हजार र चालूतर्फ १४ अर्ब ४७ करोड ५६ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको अपुग १ अर्ब रुपैयाँको लागि प्रदेश सरकारले आन्तरिक ऋण परिचालनका लागि कानुनी व्यवस्था मिलाउने मन्त्री यादवले बताए ।

प्रदेश–२ का १३६ ओटा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटको रकममध्ये बजेटमा ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेशअन्तर्गत्का गाउँपालिकालाई ५० लाख, नगरपालिकालाई १ करोड, उपमहानगरलाई २ करोड र महानगरपालिकालाई ३ करोड रुपैयाँ सःशर्त अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ ।