१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ४ को नवनिर्मित वडा कार्यालयको उद्घाटन


143
Shares

स्याङ्जा । आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।

भुई तल्लामा कार्यालय रहने वडा कार्यालय भवनको पहिलो तल्लामा १५० जना क्षमता भएको सभाहल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

सबै वडाको कार्यालय बनाउने नीति अनुसार पाँच वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो ।

व्यवस्थित संरचनाबाट गुणस्तरीय सेवा दिएर जनतालाई सहज बनाउने योजनाअनुरुप सबै वडा कार्यालय बनाउने नीति अनुसार पाँच वटा वडा कार्यालय भवन सम्पन्न भएको बताउँदै आगामी वर्ष वडा नं २ को भवनसमेत सम्पन्न गरी ६ वटै वडा कार्यालय भवन सम्पन्न गर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।

वडा नं. ४ का वडा अध्यक्ष चिन्तामणी पौडेलले वडा कार्यालयबाट हुने सेवा प्रवाह अब थप प्रभावकारी हुने बताउँदै भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो ।

  • सागर न्यौपाने