१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पर्वतमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु


78
Shares

काठमाडौं । पर्वतको महाशिला गाँउपालिका–१ जमपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

भोक्सिङ–होश्राङदी सडकखण्ड अन्तर्गत जमपुरमा लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३४ बर्षीय रन बहादुर रानाको मृत्यु भएको हो ।

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लुङखुले जनाएको छ ।

दुर्घटनाको जानकारी आज बिहान मात्रै प्राप्त भएकाले घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान भइरहेको छ ।