१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अरनिको राजमार्ग स्थित साँगामा अबरुद्ध


7.54k
Shares

काभ्रे । सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारले आज बिहबिार अरनिको राजमार्ग स्थित साँगामा राजमार्ग अबरुद्ध गरेका छ्न् ।

बुधबार राति साढे १० बजे बनेपा नगरपालिका–१४ नासिका मन्दिर नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बनेपा नगरपालिका–१४ आसापुरीका विशाल तामाङको मृत्यु भएको थियो ।

अहिलेसम्म ठक्कर दिने टिपर र चालक पत्ता लागेको छैन् ।

चालकलाई कारबाही नभएसम्म राजमार्ग चल्न नदिने उनीहरुको माग छ । प्रहरी भने टिपर र टिपर चालकको खोजि भइरहेको जनाएको छ ।

अरनिको राजमार्ग बन्द भएपछि यात्रुहरु मारमा परेका छन् ।