१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्ता गठबन्धन भत्कनुपर्छ : योगेश भट्टराई


806
Shares

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सत्ता गठबन्धन नभत्किएसम्म मुलुकले निकास नपाउने बताउनुभएको छ ।

बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले गठबन्धन छिट्टै भत्किनुपर्ने बताउनुभयो ।

‘यो गठबन्धन रहेसम्म मुलुक अनिर्णयको बन्दी भइरहन्छ, जति छिटो गठबन्धन भत्किन्छ, त्यति छिटो यो मुलुकले निकास पाउँछ, तसर्थ गठबन्धन भत्किनुपर्छ,’ उनले भने ।

सचिव भट्टराईले सभामुख अग्नि सापकोटाको राजीनामा वा एमालेले कारबाही गरेका १४ सांसद नहटाएसम्म संसद अवरोध जारी राख्ने बताउनुभयो ।