१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘ए’ डिभिजन लिगः आज जावलाखेल र संकटा तथा ब्रिगेड ब्वाइज र थ्री स्टारबीच प्रतिस्पर्धा हुँदै


156
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । १३ औं अर्थात् अन्तिम चरणको खेलअन्तर्गत आज दुई खेलहरु हुन लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । आफ्नो अन्तिम खेलमा जित निकाल्दै जावलाखेल र संकटा लिगको सुखद अन्त्य गर्ने योजनामा हुनेछन् ।

१३ अंक जोडेर जावलाखेल दशौं स्थानमा रहेको छ भने १५ अंक जोडेर संकटा सातौं स्थानमा रहेको छ ।

यसैगरी, दिउँसो १ बजे नै एन्फा कम्प्लेक्समा हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

थ्री स्टार लिगको सुखद अन्त सँगै अंक तालिका सुधारको प्रयासमा हुने छ भने च्यासल यस अघि नै रेलिगेसनमा परिसकेको छ ।

७ अंक जोडेर ब्रिगेड ब्वाइज १३ औं स्थानमा रहँदै रेलिगेशनमा परिसकेको छ । १८ अंक जोडेर थ्री स्टार छैटौं स्थानमा रहेको छ ।