
Web Pic
काठमाडौं । चन्द्रगिरी नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा बिहीबार राति ११ बजे मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
चेकपोष्टबाट चन्द्रागिरी जाँदै गरेको प्रदेश ३–०२–०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडक छेउमा रोकी राखेको बा २ ख ७०४९ नम्बरको फोर्स माइक्रो बसमा ठोक्किँदा मोटरसाइकल चालक २६ बर्षीय आकाश रानाभाटको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न मोटरसाइकल र फोर्स माइक्रो बस र बसका चालकलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्