
काठमाडौं । नेकपा एमालेका प्रचारविभाग उपप्रमुख विष्णु रिजालले गठबन्धन रहेसम्म प्रधानमन्त्री शेरबहादुर देउवासँग सहकार्य नहुने बताउनुभएको छ ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रिजालले पाँच दलीय गठबन्धन रहेसम्म गठबन्धनको नेताको रूपमा प्रधानमन्त्री देउवासँग सहकार्य नहुने स्पष्ट पार्नुभएको हो ।
साथै उहाँले गठबन्धन सरकारले सदनमा ल्याएका हरेक प्रस्तावको विरुद्धमा दृढतापूर्वक उभिने पनि प्रस्ट पार्नुभएको छ ।
यसअघि नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ समीकरण बन्ने आँकलन गरिए पनि शुक्रबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमसीसी पास गर्न लचक भएपछि एमाले कांग्रेससँग टाढिएको हो ।
यद्यपि प्रधानमन्त्री देउवाले एमसीसीको विरोधमा रहेका गठबन्धनका नेताहरू र विपक्षी दल एमालेसँग छलफललाई समानान्तर रुपले अघि बढाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्