१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमसीसीबारे जसपाले आज निर्णय गर्ने


182
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) एमसीसी विषयमा आज निर्णय गर्ने भएको छ ।

जसपाले अहिलेसम्म एमसीसीको पक्ष या विपक्षमा मतदान गर्ने भनेर औपचारिक निर्णय गरेको छैन । आज शनिबार भने एमसीसीको विषयमा घनिभुत छलफल गरि पार्टीको औपचारिक धारणा बनाउने नेताहरुले बताएका छन् ।

यद्यपि पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष एमसीसी पास गराउनु पर्ने भन्दै खुलेर लाग्नुभएको छ । तर, पार्टीका अध्यक्ष उपेन्द्र यादव भने यस विषयमा मौन हुनुहुन्छ ।

बैठकको पहिलो दिन शुक्रबार स्थानीय निर्वाचन तथा पार्टी दर्ता सम्बन्धी, एमसीसी सम्बन्धी, संगठनात्मक कार्यको समीक्षा र समायोजन सम्बन्धमा, कार्यकारणी समीतिमा पदपूर्ति, कार्यकारणी समितिका सदस्यहरुको पद तथा नाम र कार्य विभाजन, पार्टी विधान सम्मेलन सम्बन्धमा, सामूहिक र समानुपातिक नेतृत्व प्रणाली लगायत ११ वटा बुँदाको एजेन्डा तय गरिएको थियो ।

जसमध्ये स्थानीय निर्वाचनको तयारी गर्ने र त्यसका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय शुक्रबारको बैठकले गरेको थियो ।