१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनुषामा ३ जना सवार अनटेष्ट लेखिएको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते


117
Shares

काठमाडौं । धनुषाको नगराईन नगरपालिका–४ मा शुक्रबार बेलुकी ३ जना सवार मोटरसाइकल पल्टिँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

नगराईनबाट फुलगामातर्फ जाँदै गरेको ३ जना सवार अनटेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा पछाडी सवार मधुबनी हरलाखीका ३५ वर्षीय दिलिप रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अपतालमा मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सहित २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।