१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबा आजादसँग विवाह बन्धनमा बाँधिदै ऋतिक !


7.787k
Shares

काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनले आफ्नी प्रेमिका सबा आजादसँग विवाह बन्धनमा बाँधिने भएका छन् ।

ऋतिक सबासँगको सम्बन्धलाई लिएर गम्भीर भएको बलिउड लाइफले जनाएको छ । प्रेममा रहेका उनीहरू अहिले एकअर्कालाई चिन्नका लागि धेरै समय सँगै बिताउने गरेका छन् ।

ऋतिक र सबाको प्रेम सम्बन्ध ट्वीटरबाट सुरु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनीहरू दुई/तीन महिनादेखि डेट गरिरहेका छन् ।

ऋतिकले सबाको एक भिडियो ट्वीटरमा सेयरपछि उनीहरुको मित्रता सुरु भएको हो । ऋतिककी पूर्वपत्नी सुजैन खानको सबासँग राम्रो सम्बन्ध रहेको छ । सबाको तारिफमा सुजैनले तस्वीर तथा भिडियोहरू सेयर गरिरहन्छिन् ।