१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देशका केही स्थानमा मेघ गर्जन-चट्याङ्ग हावाहुरी र वर्षाको सम्भावना


286
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

आज आइतबार बिहान सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सामान्य बदली लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकोछ । बाँकी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश,गण्डकी प्रदेश र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

बाँकी भू-भागहरुमा आंशिक बदली हुनेछ । देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन-चट्याङ्ग हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोछ ।

देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थान तथा बागमती प्रदेश र प्रदेश-१ का उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना हुनेछ ।

आइतबार राती भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत भएको महाशाखाले जनाएको छ ।