
काठमाडौं । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हालसम्म ५३ प्रतिशत काम सकिएको छ ।
कोरोना भाईरसको महामारीको समयमा पनि काम नरोकेको आयोजनाले तोकिएको समयमा काम पुरा गर्न सिभिल निर्माण कार्यलाई तीव्रता दिएको हो । हाल बाँध, विद्युत गृह निर्माण, हाईड्रो मेकानिकल निर्माण लगाएतका काम भैरहेको आयोजनाले जनाएको छ ।
आयोजनाको पहिलो चरणको काम अन्र्तरगत निर्माण कार्य तोकिएको समय भन्दा एक बर्ष पहिलेनै सम्पन्न भएकोथियो । हाल दोस्रो चरणको काम भैरहेको छ । आयोजनाको कुल लागत ३६ अर्व ८० करोड ७७ लाख मध्य हाल सम्म १४ अर्व बढी रकम सकिएको छ । चीनीयाँ कम्पनी चाईना इञ्जिनीयरिङ ओभरसिज प्रालीले पहिलो चरणको काम टनेल बोरिङ मेसिनका सहायताले सुरुङ निर्माण गरेकोथियो ।
त्यस्तै दोस्रो चरणको काम भने चिनियाँ कम्पनी ग्वाङडोन तथा नेपालको रमण जेभिले गरिरहेका छन् । कम्पनिले आर्थीक बर्ष २०७९/८० मा सम्पन्न गर्ने जनाएको छ । सुर्खेतको भेरी गंगा नगरपालिका चिप्लेमा भेरी नदीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निमार्ण गर्न लागिएको हो ।
उक्त व्यारेज १ सय १४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ मिलोमीटर २ सय १० मिटर लामो सुरुङमार्फत पानि खसालीने छ ।
जहाँबाट ४८ मेगावाट क्षेमताको विद्युत उत्पादन गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्