२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नयाँ बानेश्वरको मूल सडकमा शंकास्पद कुकर फेला


312
Shares

काठमाडौं । नयाँ बानेश्वरको मूल सडकमा शंकास्पद रुपमा छाडिएको कुकर फेला परेको छ ।

संसद् भवन नजिकैको घुम्तीमा शंकास्पद कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेर निष्क्रिय पार्ने तयारी गरिरहेको छ । एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिस्ट घटकले आज नेपाल बन्दको आव्हन गरेका छन् ।

त्यही क्रममा केहीबेर अगाडि मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएको प्रहरीले जनाएको छ । सीसीटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यता काभ्रेको बनेपामा पनि आज बिहान फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

बनेपाको पुल बजारमाको सडकमा भेटिएको वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । शंकास्पद वस्त भेटिएपछि बन्द भएको पुलबजारको सडकखण्ड पनि सञ्चालनमा आएको छ ।

नो एमसीसी लेखिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ । उक्त वस्तु राखेको आरोपमा एक जना व्यक्ति पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।