१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


३१ सय २६ पर्वतारोहीलाई राहत सामग्री प्रदान


78
Shares

काठमाडौं । निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण संघले ३ हजार १ सय २५ पर्वतारोहीलाई राहत सामग्री उपलब्ध गराएको हो ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले कोरोना महामारीको मारमा परेका पर्वतारोहीहरूका लागि मित्रतास्वरूप उपहार प्रदान गरिएको बताउनुभयो ।

अध्यक्ष लामाले ढिलै भए पनि पर्यटन मजदुरका लागि भइरहेको सहयोगले उनीहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै एकीकृत पर्यटन श्रमिक संगठन नेपालको केन्द्रीय महासचिव टीकाराम नेपालीले पर्वतारोहीलाई गरिएको राहतले खुशी थपेको बताउनुभयो ।

उहाँले ढिलो गरेर सुरु भए पनि यसले समस्यामा परेका पर्वतारहीहरुरू राहत दिने बताउनुभयो ।