१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पेले अस्पतालबाट डिस्चार्ज


117
Shares

काठमाडौं । ब्राजिलका फुटबल खेलाडी पेले अस्पतालबाट डिस्चार्ज भएका छन् ।

१३ फेब्रुअरीमा नियमित उपचारको लागि साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पताल भर्ना भएका पेले सोमबार डिस्चार्ज भएका हुन् ।

उनी कोलोन ट्युमर र युरिनरी ट्र्याक्ट इन्फेक्सनको उपचारका लागि अस्पताल भर्ना भएका थिए । सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो । त्यसपछि सन् २०१९ मा पिसावमा संक्रमण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

८१ वर्षीय पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले ९२ खेलमा ७७ गोल गरेका छन् साथै चारवटा विश्वकपमा गोल गर्ने चार खेलाडी मध्येका एक हुन् ।