१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते


104
Shares

काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको मरिण गाँउपालिका–६ भुताहामा सोमबार राति मोटरसाइकल अनियन्त्रीत भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मरिणबाट हरिहरपुरगढी तर्फ जाँदै गरेको ना ५१ प ७६१५ नम्बरको मोटरसाइकल पल्टिँदा रौतहटका २५ बर्षीय सविन यादवको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको कपिलाकोट स्थित प्राथमिक स्वास्थय केन्द्रमा उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै, ४२ बर्षीय राकेश यादव गम्भीर घाइते भएका थिए । उनलाई थप उपचारको लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको इलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीले जनाएको छ ।